कांग्रेसलक्षित ओलीको टिप्पणी- संसद सरकारबाट हट्नुपर्‍यो भनेर छाती पिटेर रुने मात्र ठाउँ होइन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै संसद सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर आक्रोश पोख्ने ठाउँ नभएको बताएका छन्।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई राजनीति आफैँमा गन्तव्य नभएको बताए ।

उनले भने- राजनीति आफैँमा केही होइन। राजनीतिले अर्थतन्त्र समाज र संस्कृतिमा कति समृद्धि ल्याउन सक्यो कति विकास गर्न सक्यो ? भन्ने हुन्छ। राजनीति एउटा यस्तो माध्यम हो आफैँ गन्तव्य होइन। गन्तव्य आर्थिक, सामाजिक र सांस्कृतिक हुन्छ। राजनीति गन्तव्य त्यति हुँदैन। कहिले कहिले माध्यमका लागि हामी लड्छौँ कार्यनीतिक गन्तव्य बनाएर लड्छौँ लक्ष्य निर्धारण गरेर लड्छौँ।

राजनीतिलाई समाजको उन्नति, प्रगति, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र समानताका लागि प्रयोग गर्नुपर्ने बताए।

पछिल्लो समय कांग्रेसले संसद अवरोध गरेकोप्रति लक्षित गर्दै भने- लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। त्यो लोकतान्त्रिक गणतन्त्र हाम्रो कार्यनीतिक लक्ष्य हो। त्यो एउटा साधन हो गन्तव्य होइन। डेमोक्रेसी संसदमा सरकारबाट हट्नुपर्‍यो भनेर संसद्मा निहुँ खोजेर अवरुद्ध गर्ने, च्याँठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्र ठाउँ होइन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *