गृहमन्त्रीलाई सांसद थापाको आग्रह- नैतिकता प्रश्न धेरै उठाउनुभयो, अब देखाउनुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै विपक्षीमा हुँदा होस् या सञ्चारकर्मी हुँदा धेरै नैतिकताको प्रश्न उठाएकाले अहिले अहिले आफूले पनि देखाउन आग्रह गरे।

उनले भने- उहाँले नैतिकताको कुरा धेरै उठान गर्नुभएको छ। यो प्रश्न अहिले उहाँतर्फ तेर्सिएको छ। कांग्रेसले यो कुरा कुनै राजनीतिक प्रतिशोधको कारणले उठाएको होइन। हामीले हजारौँ सहकारी पीडितहरूको समस्या उठाएका हौँ। यो उहाँलाई नैतिकता प्रदर्शन गरेर नैतिकवान बन्न आग्रह गर्छु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *