दुई टी-२०सिरिजका लागि नेपाली टोलीको घोषणा, समेटिए आकाश र अनिल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११ र १२ गते खेल्नेछ । भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ ।

नेपाली टोली:
रोहित पौडेल (कप्तान), असिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द ।

Comments

One response to “दुई टी-२०सिरिजका लागि नेपाली टोलीको घोषणा, समेटिए आकाश र अनिल”

  1. Dev bahadur budha magar Avatar

    Sandeep jorako thauma dev khanal lai rakhnu parx

Leave a Reply

Your email address will not be published. Required fields are marked *