गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसले दियो अल्टिमेटम (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्।

उनले भनिन्- कसरी चल्छ सत्ता  ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ। 

उनले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको दाबी गरिन्। उनले आगामी बैठकसम्म सरकार समिति गठन गर्न तयार नभए सदन सत्तापक्षले अवरोध गरेको हुने ठहरिने बताइन्।

Comments

2 responses to “गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसले दियो अल्टिमेटम (भिडिओ)”

  1. RA Avatar
    RA

    नेपाली कॉंग्रेस मुर्दाबाद

  2. नेपाली नागरिक Avatar
    नेपाली नागरिक

    बुढापाकाले कालो कांग्रेस भन्थे गाउँघरमा, त्यसै भनेका त होइनरैछ नि गाँठे |

Leave a Reply

Your email address will not be published. Required fields are marked *