रामहरि खतिवडाको चुनौती- संसदीय समिति नबने आगामी बैठक चल्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए ।

उनले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिए ।

‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । त्यसैले हामीले भन्यौँ, उहाँले गृहमन्त्री निष्पक्ष, इमन्दार हुनुहुन्छ । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दारी पनि भएको रवि लामिछाने हो की गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन्’, उनले भने, ‘त्यही जस्तो लाग्छ, उहाँ चाहिँ दोषी होइन की भनेर जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद चल्दैन, त्यो काम सरकारको हातमा छ ।’

उनले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उल्लेख गरे ।

 

Comments

2 responses to “रामहरि खतिवडाको चुनौती- संसदीय समिति नबने आगामी बैठक चल्दैन (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    रबिलाई ठग भन्दै छानविन र कारबाहीको सिफारिस गर्ने न्याधिस कांग्रेसलाई
    १. ५६ भन्दा बढी उद्योग, कलकारखाना बेचेर खाएको प्रमाण छ,
    २. मात्र कांग्रेशको स्वार्थ र अकर्मन्यता र प्रतिसोधको कारण देश द्वन्दमा फस्यो त्येशले १७ हजार जनाको क्ष्यति भयो, कत्तिको बिचल्ली भयो, धनको कत्ति क्ष्यति भयो, देश कत्ति पछि पर्यो, कस्ता कस्ता संस्कृत्ति (प्राडो, पजेरो ………..) भित्रायो, देशको संस्कृति, आधार, मान्यता, सभ्यता र अस्तित्व माथि प्रहार भयो !!
    ३. ‘लोकतन्त्र’ को बाहक भन्ने नाममा यथास्थितिबादी सोच र बिदेशी रिझाउने, बर्सौं सत्तामा हालीमुहाली गरेको कान्ग्रेशले हो ६० लाख युवा देशमा बस्ने नसक्ने र बिदेशिन बाध्य बनाएको !!
    ४. यी सब के देश भक्ति र जनता प्रेमी कुरा हुन् ?? तिन अपराधको जिम्मेवार को ? : कांग्रेश हो !!
    ५. देशलाई चरम अव्यवस्था र संकटमा होम्ने कांग्रेश माथि यी सब अपराधको छानविन गरी एक एक हिसाब चुक्ता गर्दै दण्डित गर्ने पहिलो आवस्येक्ता हो !! सुशासन सुरु हुन्छ अनि !! कांग्रेशका टुप्पी देखि गाउ सम्मका लगभग सबै कांग्रेश उस्तै छन्: लुट्ने र ठग्ने !! सबको छानविन र कारवाही हुनु पर्छ !!
    ६. नत्र जे गरे पनि ठुलो स्वरमा ठिक्क पार्ने कुरा खिप्ने अनि दोस अरुमाथि: सबै अपराधको चाङ्ग माथि उफ़्रिएको सुघ्घरी कांग्रेश ?? समस्याहरुको जरो र जढ़ नै कांग्रेश हो, त्येहाबाट सुरु होस् छानविन अनि कारबाही !!!
    ७. देशले बुझोस् यो कुरा अनि थालोस छानविन अनि सख्त कारवाही, पहिला !!!

    1. RA Avatar
      RA

      घड़ी चोर ले भनेको 😂😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *