एमालेबाट भौतिक मन्त्री बनेका यादवलाई दुई मन्त्रालय थप

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए ‌। हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ‌।

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । हिजो सरकार पुनर्गठन गर्दा यी दुई मन्त्रालय मुख्यमन्त्रीलाई नै तोकिएको थियो ।

बदलिएको सत्ता समिकरण अनुसार नेपाली कांग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सहभागी गराइएको छ । कांग्रेसलाई दिइएको तीन मन्त्रालय एमालेले पाएको छ ।

जनमत सरकार छाड्दा खाली भएको श्रम तथा यातायात र शिक्षा तथा समाज कल्याण मन्त्रालय अझै मुख्यमन्त्री यादवले सम्हालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *