आठ महिनामा स्मार्टफोन खरिदका लागि नेपालबाट करिब साढे १९ अर्ब बाहिरियो

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा स्मार्टफोन खरिदका लागि करिब साढे १९ अर्ब रुपैयाँ बाहिरिएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को फागुन समान्तसम्म स्मार्टफोन आयात बापत १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँ नेपाल बाहिरिएको भन्सार विभागको तथ्याङकले देखाएको हो ।

भन्सार विभागका अनुसार फागुन मसान्तसम्म १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरका १२ लाख ४९ हजार ४८१ युनिट स्माटफोनहरु आयात भएका छन् । जसबापत नेपाल सरकारले ३ अर्ब ६० करोड ७५ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालमा सबैभन्दा बढी स्मार्टफोनको आयातकर्ता चीन हो । नेपालमा संयुक्त राज्य अमेरिका, भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, कतार, कुवेत, साउदी अरेबिया, बेलायत, मलेसिया, सिङ्गापुर, क्यानडा, फिनल्याण्ड, हङकङ, रोमानिया, बहराइन, नेदरल्याण्ड्स, फ्रान्सबाट पनि स्मार्ट फोन आयात हुने गरेको छ ।

त्यस्तै ओमान, साइप्रस, डेनमार्क, जर्मनी, माल्टा, इराक, इजरायल, पोल्याण्ड, बेल्जियम, जोर्डन, माल्दिभ्स, न्युजिल्याण्ड, भानुअतु, कम्बोडिया, ग्रीस, नर्वे, पोर्चुगल, स्पेन, स्वाजिल्याण्ड, स्विट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, अफगानिस्तान, क्रोएसिया, आयरल्याण्ड, इटाली, सेशेल्स, स्लोभेनिया, श्रीलंका, स्वीडेन, ताइवान, ट्युनिसिया र संयुक्त गणतन्त्र तान्जानिया गरी ५४ राष्ट्रबाट स्मार्टफोन आयात हुने गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *