प्रदीप शाहीको अनटाइटल प्रोजेक्टमा प्रदीप खड्काको जोडी बन्दै बेनिसा हमाल

काठमाडौं। निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिसा हमाल फाइनल भएकी छन् । हमालले प्रदीप खड्कासँग पहिलो पटक स्क्रिन शेयर गर्न लागेकी हुन् ।

टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र साइफाई जोम्बी थ्रिलर जनरामा निर्माण हुनेछ । चलचित्रको कथा लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीले नै लेखेका हुन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ ।

चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’को भनाइ छ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तिम संस्कार’ निर्देशन गरेका शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु रहेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *