सरकारलाई एमाले सांसदको आग्रह- सहकारीको समस्या समाधान गर्न छानबिन आयोग बनाऔँ (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सहकारी समस्या समाधान गर्न छानबिन आयोग गठन गर्न माग गरेको छ।

प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद ऋषिकेश पोखरेलले सहकारीको समस्या समाधान गर्न तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउनुपर्ने बताए।

उनले भने- सहकारीहरू अहिले गम्भीर संकटमा छन्। राज्यले समयअनुकूल कानून निर्माण गर्न नसक्दा र नियामक निकाय गैर जिम्मेवार बन्दा समस्या आएको छ। म सरकारलाई आग्रह गर्न चाहन्छु। तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔँ। सहकारीको वर्गीकरण गरौँ। सम्पत्तिको स्रोत प्रमाणीकरण गरौँ। ऋणीहरूको अध्ययन गरौँ। ऋणीहरूको अध्ययन गरौँ। ऋण फर्काउनै पर्ने बाध्यकारी नियम बनाऔँ र नियामक निकाय बनाउने तथा कानुनको संशोधन गरौँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *