पस्केको भात छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले ब्यारियर तेर्स्याएर रोक्यो

दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए ।

स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात नै नखाई बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिए ।’

महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर तेर्स्याएको स्रोतको भनाइ छ । तर, गाडी ब्यारियर छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको थियो ।

स्रोतका अनुसार कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका थिए । उनलाई अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा राखिएको छ ।

Comments

5 responses to “पस्केको भात छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले ब्यारियर तेर्स्याएर रोक्यो”

  1. sarman limbu Avatar
    sarman limbu

    यो होनि 100% काम भनेको !

  2. Krishna Avatar
    Krishna

    यस्ता अपराधि हरुको हातमा देस को ताला चाबि सुम्पिय पछि जनता र देसको के अस्तित्व बाकि रहन्छ र यि नैतिक हराम अपराधि हरुले देसनै बेचिदिन्छ अनि हामि जनता चाहि जन आन्दोलन गरेर आयका नेता भनेर भगबापन सरह मानेर बसन पर्ने कस्तो बिडम्बना यि नकाब धारि अपराधि भन्दा त राजानै ठिक थिय नेपालि भन्ने सान त थियो

  3. खेम बहादुर खड्का Avatar
    खेम बहादुर खड्का

    अपराधी जो कोहि , सम्पती जफत गरेर फाँसी दिनु पर्छ। यो चोर हरु लाई अझै संरक्षण दिन्छ यो सरकार !

  4. गोपाल Avatar
    गोपाल

    रबि लाइ काम गर्न दिय सबै भ्रस्ट र तस्कर हरु बाकि रहदैनन र सबैलाइ जेल हालेर इनि हरुको सम्पति जति जफत गरेपछि तेहि पैसाले देस बिकस गर्छ

  5. shanta kc Avatar
    shanta kc

    आहा कस्तो मजाको समाचार पढ्न पाइयुओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *