काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।
पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन जोडे । अले नाओले ३०, हिला वारेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरी हिरिीले १५ रनको योगदान दिए ।
बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३-३, गुल्सन झा र करण केसीले एक-एक विकेट लिए ।

Leave a Reply