कांग्रेसलाई ओलीको कटाक्ष- दूधकुण्डमा नुहाएर आएको त होइन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले नै अस्थिरताको खेती सुरु गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिले कांग्रेसले सरकार परिवर्तन गरेर अस्थिरता ल्यायो भन्न नमिल्ने बताए।

उनले भने- अहिले समीकरण फेरिएको छ। अस्थिरताको खेती तपाईँहरूले नै गर्नुभएको हो। अहिले अस्थिरता रे। पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दाखेरि तपाईंहरुलाई अस्थिरता लागेन। अहिले १४ महिनापछि परिवर्तन हुँदा केको अस्थिरता। पोहोर अस्थिरता नगरी शान्तिपूर्ण ढंगले दुई महिनामा सरकार परिवर्तन गरेको होइन ?

उनले आजको प्रारम्भको कांग्रेसको प्रस्तुति हेर्दा कांग्रेस दूधकुण्डमा नुहाएर आएजस्तो देखिएको भन्दै कटाक्ष गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *