विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने- यो उथलपुथलमा हामी सबै सहभागी छौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजनीतिक परिस्थिति फेरिएपछि आफूले तेस्रो पटक विश्वासको मत लिन लागेको बताए।

उनले भने- अहिले फेरि नयाँ राजनीतिक परिस्थिति बन्यो। म तेस्रो पटक विश्वासको मत लिन उपस्थित भएको छ। मेरो उथलपुथल शब्दसँग अहिले पनि कुरा उठाउनुभयो। पहिलो र दोस्रो विश्वासको मत कुन पृष्ठभूमिका लिइएको थियो भन्ने यहाँहरूलाई थाहा नै छ। अहिले फेरि नयाँ सन्दर्भमा विश्वासको मत लिनुपरेको छ। यो आफैँमा उथलपुथल नै हो। मैले मात्रै गरेको होइन तपाईँ हामी सबै सहभागी छौँ।

उनले आवश्यकता र आकस्मिकताको प्रक्रियाबाट नै राजनीतिक घटनाक्रम अघि बढेको बताए। गएको १४/१५ महिनामा संसदमा आफूहरूले उथलपुथल नै भोगिरहेकाले कसैप्रति इंकित गर्दै नभनेको प्रष्टीकरण दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *