काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक अहिले बसिरहेको छ ।
सत्ता गठबन्धनमा भएको फेरबदलसँगै देउवाले पदाधिकारीहरूसँग छलफल तीव्र बनाएका छन् । आजको बैठकमा संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गरिने बनाइएको छ ।
कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि भोलि विश्वासको मत लिँदैछ । तर, देउवाले प्रचण्डसँग बदला लिन विपक्षी गठबन्धन बनाउने प्रयास पनि जारी राखेका छन् ।

Leave a Reply