मन्त्रीहरूलाई ओलीको निर्देशन- अपारदर्शी र भ्रष्ट क्रियाकलाप स्वीकार्य हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न निर्देशन दिएको छन्।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देश भ्रष्टाचारमुक्त बनाउनु पर्ने बताए।

उनले भने- हाम्रा मन्त्रीहरूले पनि अपारदर्शी र भ्रष्ट क्रियाकलाप कुनै हालतमा गर्न हुँदैन। अरू कसैले गर्छ भने पनि हामी सहँदैनौँ। त्यस कारण भ्रष्टाचार मुक्त देश बनाउनुपर्छ। सुशासन युक्त देश बनाउनुपर्छ। यो देश भ्रष्टाचार मुक्त, सुशासन युक्त देश हुनुपर्छ। स्वच्छता र पारदर्शी हुनुपर्छ। हामीले अन्धाधुन्ध हिँडेर दिन काट्ने मात्रै होइन्। हरेक पल उपयोगी ढंगले प्रयोग गर्नुपर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *