देशको बर्बादी रोक्न गठबन्धन हामीले फुटायौँ, चीनले गर्‍यो भन्दैछन् : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले गठबन्धन भत्काएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आशा बढाएको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देशलाई बरबाद पार्ने गठबन्धन आफूहरूले मेहनत गरेर फुटाएको बताए ।

उनले भने- यो समीकरण हामीलाई सरकारमा जान हतारोले होइन । देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो भयो। मैले तपाईंहरुलाई भनेको थियो यो गठबन्धन खरानीको डल्लो हो जे गरे पनि फुट्छ भनेर। गठबन्धनमा हुनेवालाहरूको उन्माद थियो। देशको लागि खरानीको डल्लो फुट्नुपर्थ्यो फुट्यो। यो परिवर्तन हामीले गरेका हौँ। त्यसको जस त दिनुस्। यति सानो कुरालाई कहाँ चीन पुर्‍याइरहेको छ। यस्तो खालको कुरा नगर्नुस्। हामीले यति धेरै मेहनत गरेपछि यसको जस हामीलाई दिनुस्।

उनले पार्टीको भूमिका फेरिएपछि भन्दै नयाँ परिस्थितिपछि जिम्मेवारी बोध भएर अघि बढ्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *