काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने भएको छ ।
पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो । फाइनल खेल बुधबार बिहान पौने १२ बजे सुरू हुनेछ ।
लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।
नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टीम अंक बाडेका थिए ।

Leave a Reply