काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसले ठक्कर दिएर गम्भीर घाइते भएका ट्राफिकका सईको मृत्यु भएको छ ।
सई टोपबहादुर खत्रीलाई फागुन २० गते बसले ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा अन्नपूर्ण न्युरोमा निधन भएको हो। तत्कालै अस्पताल पुर्याइएका खत्रीले झन्डै एक सातापछि ज्यान गुमाएका हुन् ।
कोटेश्वरबाट बालकुमारी मोडिन खोज्दा बसले ड्युटी गरिरहेका खत्रीलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply