राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ ।

अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ । अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *