पोखरा । गोरखामा आइफोन एक्स मोबाइल चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइफोन चोरी गरेको आरोपमा गोरखा नगरपालिका–७, पुरानो बसपार्क बस्ने २९ वर्षीय सुमन बरामलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।
गोरखा प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीअनुसार हराएको मोबाइलसहित बरामलाई आइतबार पक्राउ गरिएको हो । बरामलाई चोरी कसूर शीर्षकमा मुद्दामा गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
गत शुक्रबार गोरखा नगरपालिका ५ पस्लाङस्थित कैलाश आलेको घर कोठाबाट आइफोन हराएको थियो ।

Leave a Reply