कांग्रेसलाई लक्षित गर्दै उपप्रधानमन्त्री महासेठले भने- ड्राइभरलाई धेरै डिस्टर्व गर्‍यो भने गाडी दुर्घटनामा पर्छ (भिडिओ)

काठमाडौं । उपप्रधान मन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले सरकारलाई सफल बनाउन गठबन्धनमा आबद्ध सबैको दलहरूको भूमिका हुने बताएका छन्।

नेपाल तयारी पोशाक उद्योग संघ साधारण सभालाई सम्बोधन गर्दै देश बनाउने सवालमा सबै लाग्नुपर्ने बताए।

उनले कांग्रेसलाई लक्षित गर्दै भने, हामी सरकारमा आएको धेरै भएको छैन। हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि छ। तर, गाडी चलाउँदा ड्राइभरलाई धेरै डिस्टर्व गर्‍यो भने पनि गाडी दुर्घटना हुने सम्भावना हुन्छ। त्यसैले बसभित्र बस्ने प्यासेन्जर पनि यो बसलाई कसरी सुरक्षित ठाउँसम्म पुग्नुपर्छ भन्ने जिम्मेवारी लिनुपर्छ र सचेत हुनुपर्छ।

उनले अर्थतन्त्रको सुधारको लागि नीजि क्षेत्रसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिए । अब सरकारको ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित हुने बताए । उनले नीजि क्षेत्रको विकासको लागि प्रधानमन्त्री प्रचण्ड र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि सन्देश लगिदिने बताए ।

Comments

One response to “कांग्रेसलाई लक्षित गर्दै उपप्रधानमन्त्री महासेठले भने- ड्राइभरलाई धेरै डिस्टर्व गर्‍यो भने गाडी दुर्घटनामा पर्छ (भिडिओ)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *