काठमाडौं । मैत्रीपूर्ण टी-२० आई खेलमा हङकङले नेपालसामु २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।
हङकङका बाबर हयातले शतकीय इनिङ खेले । उनले ४९ बलमा ११० रनको उत्कृष्ट इनिङ खेलेर आउट भए ।
हङकङका अंशुमान रथले ३९ र मार्टिन कोएत्जीले ३१ रनको योगदान दिए ।
बलिङमा नेपालका लागि टी-२० आई खेलमा डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए । ३ ओभर बलिङ गरेका आकाशले २७ रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एकएक विकेट लिए ।

Leave a Reply