कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका- ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।

विद्युतको सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।

‘गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो’, उनले भने, ‘दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।’

मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयका शिक्षक थिए । -रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *