नेसपाले भन्यो- प्रचण्डले गैरराजनीतिक प्रवृत्ति देखाए, वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्छौं

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रतिगमन विरोधी आन्दोलनको जगमा लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन विघटन भएर नयाँ गठबन्धनसहित पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनः नयाँ सरकार सकारात्मक रुपमा लिन नसक्ने बताएको छ ।

नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र समृद्धि खोजेको बताएका छन् ।

संसदीय राजनीतिको फोहोरी खेलमा लागेर कुर्सीको लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने, सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारवाद, नातावाद, सत्ता लिप्रमा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमन तर्फ धकेल्ने निश्चित भएको निष्कर्ष निकालेको छ ।

अतः नेपाल समाजवादी पार्टी अलोकतान्त्रिक र गैरराजनीतिक प्रवृत्तिहरुको भण्डाफोर गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा दृढता पूर्वक अगाडी बढ्ने प्रतिबद्धता जनाएको छ ।

 

Comments

One response to “नेसपाले भन्यो- प्रचण्डले गैरराजनीतिक प्रवृत्ति देखाए, वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्छौं”

  1. ksp pyl Avatar
    ksp pyl

    अब त पार्टीमा पनि जम्माजम्मी बुढाबुढी मात्रै बाँकी होउला । के बैकल्पिक शक्तिमा लाग्छौ ? अब नातिनीको हे,चाह र राधेराधेतिर लाग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *