काठमाडौं।नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार मिडफिल्डर प्रीति राई घाइते भएर तीन महिना मैदान बाहिर रहने निश्चित भएपछि उनको स्थानमा नेपालकी अर्की मिडफिल्डर अनिता केसीले भारतीय महिला आइलिग खेल्ने भएकी छन् ।
भारतीय आईलिगमा किक स्टार्सले प्रीतिको स्थानमा अनितालाई लिग खेलाउने भएको हो । किक स्टार्सले प्रीति घाइते भएसँगै अनितालाई अनुबन्ध गरेको हो ।
आईलिग क्लब किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनितालाई खेलाउने भएको हो । किक स्टार २० अंक सहित आईलिगको तेश्रो स्थानमा छ । उनी लिग खेल्न भारत प्रस्थान गरेकी छन् ।

Leave a Reply