प्रचण्डलाई पद छाड्न आग्रह गर्दै कांग्रेसले भन्यो- हामीलाई त दिनुहुन्न, बगलवाला पार्टनरलाई दिनुस्

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद छाड्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले काम गर्न नसकेको स्वीकारेपछि अरूलाई छाड्न आग्रह गरे।

उनले भने- तपाईँले भन्नुभएको जस्तो काम गर्न सकेन गठबन्धन फेर्नुपर्थ्यो त्यहाँसम्म ठिक। तर जाँदा सबै जानुपर्थ्यो नि। अरू सबै बेठिक म मात्रै ठिक भन्दा नेपाली जनताले के मूल्याङ्कन गर्छन् ? यसो भन्दा कांग्रेसले लोभ गर्यो भन्लान् तर, तपाईँहरूले दिनुहुन्न कांग्रेसलाई लोभ छैन। तर, बगलमा पाएको पार्टनरलाई दिनुस् न त ल। तपाईँले सक्नुभएन भने सबै जानुपर्‍यो नि।

उनले अहिलेसम्म तीन पटक प्रधानमन्त्रीले गठबन्धन फेरिएको उल्लेख यही दरमा चले पाँच वर्षमा १३ पटक फेरिने बताए।

उनले भने- उहाँले जीवित रहँदासम्म उथलपुथल गर्छु भन्नुभएको छ। सबै मान्छेले सबै कुरा बुझिरहेका छन्। त्यो उथलपुथल कति दिनसम्म रहन्छ इतिहासले देखाउँला। त्यति मात्रै होइन के जातिलाई लात्तीले हान्छु भन्नुभयो। त्यसमा गम्भीर रूपमा ध्यानाकर्षण भएको छ। देशको प्रधानमन्त्रीको लागि यो शब्द स्वभाविक होइन।

Comments

One response to “प्रचण्डलाई पद छाड्न आग्रह गर्दै कांग्रेसले भन्यो- हामीलाई त दिनुहुन्न, बगलवाला पार्टनरलाई दिनुस्”

  1. ksp pyl Avatar
    ksp pyl

    स्थायी प्रतिपक्षमा बस्छौं भनेर निर्णय गर सरकार ढल्दैन ल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *