रमेश लेखकलाई प्रश्न- कांग्रेसले दौडधूप थालिसक्यो, प्रचण्डलाई विश्वासको मत लिन त दिनुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक घटनाक्रमका बीचमा विभिन्न राजनीतिक दलसँग संवाद हुनु स्वाभाविक भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट धोका पाएपछि विपक्षी गठबन्धन बनाउन सक्रिय रहेको कांग्रेस संसदीय दलको बैठकपछि उनले अब आफूहरू रचनात्मक प्रतिपक्षको भूमिका बस्ने बताए ।

तपाईंहरूले फेरि दौडधूप थालिसक्नुभयो, प्रधानमन्त्रीलाई विश्वासको मत लिन त दिनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामी प्रतिपक्षमा बस्छौं, रचनात्मक हुन्छौं, नेपाली कांग्रेस संघीय संसद्मा सबैभन्दा ठूलो दल भएको हुनाले विभिन्न राजनीतिक घटनाक्रममा विभिन्न राजनीतिक दलहरूसँग वार्ता संवाद गर्ने स्वभाविक कुरा हो । तर, अहिले हामी रचनात्मक प्रतिपक्ष हुन्छौं रचनात्मक प्रतिपक्षको जेजे धर्म हुन्छ त्यो निर्वाह गर्छौं ।’

बैठकले प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको उनले सुनाए । प्रचण्डले समीकरण फेरेपछि अर्को गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो नेकपा एसका अध्यक्ष माधव नेपालसहित मधेसी तीन दलका अध्यक्षहरूसँग सामूहिक भेटवार्ता गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *