सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालिन अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कवीन्द्र कुमार केसी, डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल सहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले गाउँपालिका–५ को उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममाको रकम अनियमितता गरेको उजुरी परेपछि आयोगले अनुसन्धान गर्दा ८४ लाख ८६ हजार ६४२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार गाउँपालिका अध्यक्ष केसी, डिभिजनल वन अधिकृत दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल, तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री, सिम्ता सब–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्याय, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा, उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल, नाफ सिड्स प्रालीका सञ्चालक गौतम महर्जन र सिम्ता गाउँपालिकाका तत्कालीन वडाध्यक्ष मोहनकुमार विसी विरुद्ध भ्रष्टाचार गरेको भन्दै जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

Comments

One response to “सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालिन अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा”

  1. एक नेपाली Avatar
    एक नेपाली

    यिनीहरुको प्रक्रिया नमिलेर भ्रष्टाचारी देखिएको मात्रै हो । सानो माछा होइन ठूलो माछा समात्ने हिम्मत गर्नु अख्तियार 👏👏

Leave a Reply

Your email address will not be published. Required fields are marked *