अनेरास्ववियू कार्यवाहक अध्यक्षको जिम्मेवारी न्यौपानेलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेश न्यौपानेलाई दिइएको छ ।

मङ्गलवार संगठनका अध्यक्ष आरती लामा युएनद्वारा आयोजित ‘ओमेन कमिसन अन द स्टाटस अफ ओमेन’ मा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि कार्यालय सदस्य न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

‘प्रस्तुत विषयमा विश्वव्यापी स्तरमा लैंगिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्न विश्वभरका प्रतिनिधि संलग्न हुने ग्लोबल प्लेटफर्म युन द्वारा अमेरिकाको न्युयोर्कमा आयोजना हुने ‘ओमेन कमिसन अन द स्टाटस अफ ओमेन’ को ६८औँ संस्करणमा सहभागी हुने अवसर प्राप्त भएकोले मिति २०८०–११–२२ गते देखि लागु हुने गरी म नफर्किँदाको समयसम्म कार्यालय सञ्चालन, शैक्षिक एवं सांगठनिक गतिविधिका साथै संगठनको सम्पूर्ण कार्य सञ्चालनको नेतृत्व गर्न तपाईँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको ब्यहोरा अनुरोध छ।’ संगठनका अध्यक्ष लामाले कार्यवाहक अध्यक्ष न्यौपानेलाई दिएको पत्रमा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *