अमेजनका संस्थापक जेफ बेजोस बने विश्वकै धनाड्य व्यक्ति

काठमाडौं । जेफ बेजोस विश्वकै धनाड्य व्यक्तिको शीर्ष स्थानमा आएका छन् । एलन मस्कलाई उछिन्दै अमेजनका संस्थापक जेफ बेजोस विश्वकै धनाड्य व्यक्ति बनेको ‘ब्लूमबर्ग बिलिनियर्स इन्डेक्स’ ले उल्लेख गरेको हो ।

बिलिनियर्स इन्डेक्सका अनुसार ५ मार्चमा २०० बिलियन डलर नेटवर्थ सहित जेफ बेजोस पहिलो स्थानमा आएका हुन् । दोस्रो स्थानमा रहेका इलोन मस्क १९९८ बिलियन डलर नेटवर्थ सहित दोस्रो स्थानमा झरेका छन् ।

जेफ बेजोस अमेजन कम्पनीका आविष्कारक हुन् । उनी ‘वासिङ्टन पोस्ट’ का मालिक पनि हुन् । साथै जेफ ब्ल्यू ओरिजिन तथा बिजोश एक्पिडिसन्सका फाउन्डरसमेत हुन् ।

विश्व बजारमा अनलाइन ट्रेडरके ‘नम्बर वान’ कम्पनीका रूपमा स्थापित अमेजनले ‘एलेक्सा’, अमेजन प्राइम, अमेजन म्युजिक, अमेजन प्राइम भिडियो, अमेजन एप स्टोर, अमेजन क्लिनिक, वान मेडिकल, ट्विच, रिङ, वेब सर्भिसदेखि अमेजन रोबोटिक्ससम्म सञ्चालन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *