कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीले राजीनामा दिएका छन्। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन्।

अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउनुअघि तीनै मन्त्रीले आफ्नो कार्यकालमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *