१२ औँ ओभरमा नेपालको सय रन पूरा

काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सय रन पूरा गरेको छ।

१२ औँ ओभरको पहिलो बलमा गुल्सन झाले छक्का प्रहार गरेपछि नेपालको सय रन पुरा भएको थियो। नेपालले १२ ओभरमा २ विकेट गुमाएर एक सय ११ रन जोडेको छ।

आसिफ शेख ४५ र गुल्सन झा १८ रनमा खेल्दैछन्। कप्तान रोहित २५ रन जोडेर आउट भए। रोहित र आसिफ शेखबीच दोस्रो विकेटका लागि ५९ रनको साझेदारी भयो। नेपालले २३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। कुशल भुर्तेलले २० रन जोडे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *