काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पछिल्लो गठबन्धन परिवर्तनलाई प्रचण्डको मायावी बन्धनबाट कांग्रेसले मुक्ति पाएको टिप्पणी गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै नेता रिजालले अब एमाले र कांग्रेसको समान हैसियतको प्रतिस्पर्धा र सहकार्यका लागि ढोका खुलेको दाबीसमेत गरे ।
कांग्रेस नेता डा. रिजालले भने, ‘प्रचण्डले आज नभए भोलि हामीसँग गठबन्धन त तोड्नै नै थिए । तनहुँको उपचुनावमा कांग्रेस एमालेबीचको तालमेल मध्यरातमा रोक्न खोजेदेखि नै उनको नियत प्रष्ट थियो कतै यी दुई ठूला दल मिल्छन् कि भन्ने । मैले यसपटकको प्रचण्डको मुभलाई माओवादीको बन्धनबाट कांग्रेसले मुक्ति पाएको भनेर टिप्पणी गरेको छु । अब राजनीति सोझ्याउने अवसर हामीसँग आएको छ ।
रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला दुवैलाई जानकारी दिएर ओलीसँग सहकार्यको संवाद गरे पनि पार्टी नेतृत्वले उल्टै ओलीलाई र एमालेलाई कर्नरमा धकेल्न खोज्दा आजको परिणति आएको बताए ।
अब ओलीजीलाई प्रधानमन्त्री अफर गर्न पनि कांग्रेस खुला छ । कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् । भोलि पनि मुख्य प्रतिस्पर्धी यिनीहरू नै हुन् । एउटाको ग्राउण्ड कमजोर र अर्कोको बलियो बनाउने गरी बाहेक जहिले पनि कांग्रेस र एमालेबीच सहकार्य हुन्छ ।
डा. रिजालले भने, ‘मैले त हाम्रा नेताहरूसँग ओलीलाई नधकेलौं, एमालेसँगको बाटो बन्द नगरौं भनेको थिएँ । धकेल्दै लगेपछि एक ठाउँमा पुगेर ओलीले आफ्नो बचाउको लागि कांग्रेसलाई पनि त बाँकी राख्दैनन् । तर, प्रचण्डको अधिक भर गरेर जन्म जन्मान्तरसँगै रहिन्छ भन्ने सोचको क्लाइमेक्स राष्ट्रियसभा निर्वाचनमा कोशीबाट उम्मेदवार बनाउने क्रममा पनि हामीले देखायौं, त्यसले ओलीलाई पोजिसन लिने ठाउँमा पुर्यायो ।’
नेता रिजालले अब कांग्रेसलाई राजनीति सही दिशामा लैजाने अवसर आएको भन्दै एमालेसँग समान हैसियत र समान प्रतिस्पर्धीको सम्बन्ध स्थापित गर्न सकिने बताए । उनले एमाले र कांग्रेसको सम्बन्ध सधैं प्रतिस्पर्धी र समान मैदानका खेलाडीकोरूपमा रहेको भन्दै केपी शर्मा ओलीलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्ने बाटो अब खुलेको बताए ।
पछिल्लो परिवर्तनबारे रिजालको धारणा
कांग्रेसले जति गरे पनि प्रचण्डसँगको गठबन्धन त टुट्ने नै थियो । आज कि भोलि भन्नेमात्र हो तर प्रचण्डले गर्ने नै थिए । यो कुरामा म चाहिँ प्रष्ट थिएँ । तनहुँको उपचुनावका बेला मैले प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै उनको समेत सहमति लिएर बालकोटमा गएर मध्यरातसँग वार्ता गरेँ । सहमतिको मस्यौदा भइसकेपछि उनी त्यसमा पल्टिए, हाम्रो नेतृत्व डरायो । प्रचण्डलाई कांग्रेस र एमाले मिल्छन् र मेरो औचित्य सकिन्छ भन्ने डर छ । अहिले अहिले त के भनौं, आधा एमालेमा सत्तामा जाने लोभ थियो ।
प्रचण्डले यस्तै गर्छन् भन्ने थियो नै तर हाम्रो नेतृत्व बढी नै भर र डरमा रह्यो । अब जे भयो मैले त भनेको छु, प्रचण्डको बन्धनबाट कांग्रेसले मुक्ति पायो । राजनीति सोझ्याउने अवसर आएको छ । अब राजनीति सोझिने बाटोमा जान्छ । हामी पार्टी बलियो बनाउने र सत्तामा पनि फर्किने दुवै अवसरमा छौं । शेरबहादुर देउवा आफैंले गठबन्धन तोड्दैन थिए । प्रचण्डले नै तोडेर हामीलाई उनको मायावी बन्धनबाट मुक्ति दिलाएका छन् ।
प्रचण्डले यस्तै गर्छन् भन्ने थियो नै तर हाम्रो नेतृत्व बढी नै भर र डरमा रह्यो । अब जे भयो मैले त भनेको छु, प्रचण्डको बन्धनबाट कांग्रेसले मुक्ति पायो । राजनीति सोझ्याउने अवसर आएको छ । अब राजनीति सोझिने बाटोमा जान्छ ।
जहाँसम्म एमालेसँगको कुरा हो, म त पटक-पटक उहाँसँग छलफल गरिरहेकै थिएँ । मैले हाम्रा नेताहरूलाई पनि ओलीलाई यसरी नधकेलौं, ओलीसँगको बाटो बन्द नगरौं भनेकै हो । धकेल्दै लगेपछि ओलीले कांग्रेसलाई बाँकी राख्ने कुरा पनि थिएन । जबकी एमालेले त दुई ठूला दल मिलेर स्थायित्व दिने प्रस्ताव राखेकै थियो, हाम्रै नेतृत्व डराएको हो । खासगरी राष्ट्रियसभा निर्वाचनमा कोशीको उम्मेदवारीका सन्दर्भमा कांग्रेसले जसरी व्यक्तिमा अडान लियो र सदा सदाका लागि यो प्रचण्डसँगको गठबन्धन जन्म जन्मातर रहन्छ भन्ने जस्तो गरियो त्यसपछि ओलीजीलाई कठोर पोजिसनमा पुर्यायो । फेरि पनि एमाले र कांग्रेस नै यो देशका जिम्मेवार राजनीतिक पार्टी हुन् । राजनीतिलाई र देशलाई ठीक बाटोमा ल्याउने जिम्मा यी दुई दलको काँधमा छ । प्रचण्डलाई मूलधारमा ल्याएको पनि यीनै दलले हो र संविधान बनाएको पनि कांग्रेस एमालेले नै हो ।
अब ओलीजीलाई प्रधानमन्त्री अफर गर्न पनि कांग्रेस खुला छ । कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् । भोलि पनि मुख्य प्रतिस्पर्धी यिनीहरू नै हुन् । एउटाको ग्राउण्ड कमजोर र अर्कोको बलियो बनाउने गरी बाहेक जहिले पनि कांग्रेस र एमालेबीच सहकार्य हुन्छ । हाम्रो सम्बन्ध हिजोदेखि नै समान ग्राउण्डमा प्रतिस्पर्धा र सहकार्य गर्ने हो । एकातिर अग्लो र अर्कोतिर भिरालो होइन समान ग्राउण्डमा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ र देशलाई सही दिशामा लैजान पनि हामी मिल्नुपर्छ । अब प्रचण्डको मायावी बन्धनबाट मुक्त भएको कांग्रेसले त्यो दिशामा मुलुकलाई लैजान एमालेसँग संवाद अझ सघन बनाउँछ ।

Leave a Reply