मन्त्रीहरुको सपथग्रहणमा नारायणकाजीदेखि स्वर्णिमसम्म, निम्तो पाएर पनि गएनन् देउवा-माधव

काठमाडौं । नयाँ सत्ता समीकरणपछि नियुक्त मन्त्रीहरुको शपथग्रहणमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको समीकरण बनाएपछि नियुक्त मन्त्रीहरुको शपथमा प्रधानमन्त्री देउवा र नेपाल नगएका हुन् ।

शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसहित सत्ता गठबन्धनका नेताहरु सहभागी थिए ।

मन्त्रीको शपथग्रहणमा सबै दलका संसदीय दलको नेतालाई बोलाउने प्रचलन छ । त्यसैबमोजिम देउवा र नेपाललाई पनि राष्ट्रपति कार्यालयले निम्तो गरेको थियो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दुवै नेताहरुलाई फोनबाट आमन्त्रण गरिएको बताइन् । रेग्मीका अनुसार देउवालाई उनका स्वकीय सचिव भानु देउवामार्फत आमन्त्रण गरिएको थियो । तर, कुनै पनि प्रत्युत्तर आएन । नेपालले आफूलाई सञ्चो नभएको बताए ।

Comments

3 responses to “मन्त्रीहरुको सपथग्रहणमा नारायणकाजीदेखि स्वर्णिमसम्म, निम्तो पाएर पनि गएनन् देउवा-माधव”

  1. खेम बहादुर खडका । Avatar
    खेम बहादुर खडका ।

    यो सारा नेपाली हरु को लागि शुभ समाचार त होइन, किन कि, बिखण्डनकारी प्रचण्डे क्सि नेतृत्व? किन? हो शेरे र ओलि त अब पशुपति को ब्रह्म नाल ले पनि पत्याउने वाला छैनन। प्रचण्डे अति आपराधिक गतिबिधी बाट बिकसी मानसिक भएको अपराधी , हत्यारा हो।

  2. Lal kaji Avatar
    Lal kaji

    नेपाल नेपाली सकियो।
    फेरि पनि हामी गर्व गर्नु?

  3. Dipak saud Avatar
    Dipak saud

    लेउका ले देश को बिकास गर्न सकिँदैन
    कुर्सी बचाउन केही दिनको लागि सम्भब रहला
    हाम्रो देशको राजनिती यति गिरायो जनता लाई सरकार गठन pm ,मन्त्री को सफत न हर्ष न बिस्मात बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *