प्रचण्डसामु विप्लवले भने- माओवादीलाई देशको माया छ, उथलपुथल गरिरहन्छ (भिडिओ)

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशको माया माओवादीहरूलाई मात्रै भएको दाबी गरेका छन्।

शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीहरूले देशमा उथलपुथल ल्याइराख्ने बताए ।

उनले भने, ‘आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यतिकै सडकमा छाडेर अरूको जिम्मा लगाएर जान सकिँदैन। क्रान्तिकारी, समाजवादीहरू, कम्युनिष्टहरु नै देश परिवर्तन गर्नुपर्छ। यो लडाइँमा अहिले एउटा उथलपुथल चलिरहेको छ। कस्तो भने माओवादी भनेको शान्त बस्न नसक्ने शक्ति पनि हो। हेर्नुस् है आज यहाँ प्रचण्ड अध्यक्ष पनि आउनुभएको छ। मैले त पहिलेदेखि नै चलाउनुस् भन्ने सुझाव थियो। उथलपुथल पार्नुपर्छ। समाजमा जनतामा चिच्याइरहेका छन्। बेलामा माओवादी क्रान्तिकारीहरू शान्त बस्न मिल्दैन।’

देशमा जनतालाई दुख परेको दिनमा मैदानमा उत्रिने माओवादी मात्रै भएको दाबी गर्दै विदेशीको डलरमा चल्नेहरू बोल्न नसक्ने बताए ।

Comments

One response to “प्रचण्डसामु विप्लवले भने- माओवादीलाई देशको माया छ, उथलपुथल गरिरहन्छ (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    ‘राजनीति’ सम्भावनाको खेल मानी रहने हो भने उथलपुथल भै रहन्छ !! प्रचण्ड ले त्येही गरेको देखियो !!
    तर राजनीति नैतिकता हो, पद्दति हो, जिम्मेवारी हो : देशको उन्नत्तिको लागि उपयुक्त मार्ग हो : त्येशको लागि उथलपुथल हैन स्थिर, सान्त र निरन्तर प्रयास आवस्येक छ !! त्यो हिसावले प्रचण्ड उत्तेजित हुने र बुल्किने हैन फेरिनु पर्छ अब !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *