बालुवाटार बैठक : ओली निस्किए, उपेन्द्र छिरे

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक जारी रहेको छ ।

बैठकबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निस्किएका छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने बालुवाटारमा नै छन् ।

अहिले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार छिरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि छलफलका लागि अध्यक्ष यादव बालुवाटार पुगेका हुन् ।

अब एमाले, माओवादी, रास्वपा र जसपाबीच सत्ता सहकार्यको सहमति बनेको छ। प्रधानमन्त्री प्रचण्डले चारै पार्टीबाट एक एक जनालाई लिएर शपथ गराउने तयारी छन् ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन्। जसपाबाट अध्यक्ष यादवकै नेतृत्वमा जाने सम्भावना छ।

तर, जसपाले मधेश सरकारको नेतृत्व निर्णय नभइसकेसम्म सरकारमा नजाने तयारी गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *