काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक सकिएलगत्तै शीतल निवासतर्फ लागेका छन् ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनेसँगै आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी छ । त्यसका लागि नयाँ गठबन्धनका शीर्ष नेताहरूसँगको छलफलपछि प्रचण्ड शीतल निवास हानिएका हुन्।

Leave a Reply