काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।
बिहान देउवा, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।
भेटमा हालको सत्ता गठबन्धनलाई निरन्तरता दिनेबारे अन्तिम प्रयास भएको बताइएको छ । यता नयाँ राजनीतिक पस्थिति निर्माण भएपछिको रणनीतिका लागि बैठक बोलाइएको स्रोतले जानकारी दियो ।

Leave a Reply