काठमाडौं । कलाकार दीपकराज गिरीले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा राजनीतिमा भ्याकुता र सर्पको पनि विहे हुने भन्दै कटाक्ष गरेका हुन् ।
पछिल्लो समय कमै स्टाटस लेख्ने गरेका गिरीले लेखेका छन्, ‘राजनीति यस्तो सम्भावनाको खेल हो जहॉ भ्याकुता र सर्पको पनि बिहे हुन सक्छ ।’
सत्ता गठबन्धनबीचको असहमतिले पुनः नयाँ समीकरण बन्ने अवस्था सिर्जना भएकोृ छ । जसका लागि दलहरुले आआफ्नो छलफल जारी राखेका छन् । नयाँ समीकरणका विषयमा नेकपा माओवादी र एमालेबीच समझदारी भएको बताइएको छ ।

Leave a Reply