माओवादीको प्रश्न- यही संविधान मान्छु भनेर शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्‌मा व्यवस्थाविरुद्ध सांसदहरुले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलल यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताए।

उनले भने, यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउनको लागि हजारौंको बलिदान, रगत र पसिनाबाट आएको हो। हामीले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएका हुन्छौं। शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं। तर, यहाँ दिनदिनै व्यवस्थाको विरोध गरेका सुन्छौं।र शपथ खाएर आइसकेपछि, संविधान मान्छु भनिसकेछि यो प्रणालीको विरोध गर्न पाइन्छ?

Comments

One response to “माओवादीको प्रश्न- यही संविधान मान्छु भनेर शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    व्यवस्थाको विरोधको नाममा सामान्य जनताको घाँटी रेटेर मार्नेले अरूले व्यवस्थाको विरोध गरे भनेर रोईलो गर्न लाज छैन ? कि विरोधको नाममा अरूले पनि त्यस्तै गरून् भन्ने कामना गरेको ? अरू तिमीहरूजस्तो व्यक्ति हत्या गर्दैनन । याद गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *