काठमाडौं । काठमाडौं महानगरपालिकाले बासी खाना बेच्ने चमेना गृहलाई जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका वडा नं।२२ मा रहेको नारायणी क्यान्टिनले बासी खाना बेचेको भन्दै महानगरको बजार अनुगमन समितिले ५० हजार जरिवाना तिराएको हो ।
बजार अनुगमनको क्रममा उक्त चमेना गृहमा बासी पकौडा ब्रिकी गरेको पाइएको थियो । समितिले बासी खाजा नखुवाउन समेच गराएको छ । साथै तीन चारपटक भन्दा बढी पटक एउटै तेल प्रयोग नगर्न सचेत गराएको छ।

Leave a Reply