काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनमा एउटा मात्रै दस्तावेज ल्याउने सहमति गरेको छ ।
तीन दिनसम्म चलेको महाधिवेशन केन्द्रीय मस्यौदा समितिको बैठकपछि पार्टीभित्र अब कुनै अलगअलग सोच नभएको प्रवक्ता जगनान्थ खतिवडाले बताए ।
उनले भने, ‘पार्टीले आगामी महाधिवेशनमा पारित गर्ने नीति तथा कार्यक्रमको विषयमा पार्टीको समाजवादी कार्यक्रमको विषयमा छलफल भइको छ । विभिन्न कोेणबाट उठेका आवाजसहित महाधिवेशनमा एकमात्रै आउले सर्वसम्मत निर्णय भएको छ । पार्टीभित्र कुनै प्रकारको अलगअलग सोच छ भन्ने शंका हटाएको छ ।’
नेकपा एसमा जबजबारे अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच चर्को बहस चलिरहेको छ । दस्तावेजलाई पूर्णता दिनको लागि नेताहरुको जिम्मेवारी बाँडफाँट परेको बताए । उनले महाविधेशनमा विधान, राजनीतिक प्रतिवेदनसहित चार प्रतिवेदन पेस हुने बताए ।

Leave a Reply