काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।
नेदरल्यान्डले बनाएकाे २४७ रन त्रिवि क्रिकेट मैदानमा अहिलेसम्मकै उच्च टी-२० स्कोर हो । यसअघि सन् २०२१ मा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले २३८ रन बनाएको थियो ।
नेदरल्यान्ड्सलाई विशाल स्कोरमा पुर्याउन माइकल लेभिटले ६२ बलमा १३५ रनको उत्कृष्ट इनिङ खेलेका हुन् ।

Leave a Reply