प्रधानमन्त्रीको दाबी- संसद् र संसदीय समितिको निर्देशनलाई सरकारले उच्च महत्त्व दिएर कार्यान्वयन गरेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गरेका छन्।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण भएको बताए।

उनले भने, सरकारले विकासलाई चुस्त र गति दिने, अर्थतन्त्रको सुधारदेखि लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अवलम्बन गर्दै राष्ट्रियहितको रक्षा गर्न प्रतिबद्ध रहेको छ।’

उनले संसद् र संसदीय समितिले दिएका निर्देशनलाई सरकारले उच्च महत्त्व दिएर कार्यान्वयन गर्दै आइरहेको बताए। मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेकाले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी गराए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *