५ महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा । ५ महिनापछि गण्डकी प्रदेशसभाको बैठक बस्दैछ । पोखरा नदिपुरस्थित प्रदेशसभा भवनमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । पछिल्लोपटक असोज ११ गते बैठक बसेको थियो ।

आज सभामुखले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभा समक्ष प्रस्तुत गर्नेछन् ।

गण्डकी प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक को सम्बन्धमा समितिको प्रतिवेदनसहितको विधेयक सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *