कर्णाली पछि परेको होइन पारिएको हो, क्षतिपूर्ति चाहियाे: मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश पछि पारिएको प्रदेश भएकाले क्षतिपुर्तिसहितको विकास कर्णालीलाई चाहिएको बताएका छन् । सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कर्णाली पछि परेको होइन, पारिएको हो’ यो भास्य बदल्न जरुरी छ। पछि पारिएको प्रदेशमा क्षतिपुर्ति सहितको विकास चाहिएको छ ।
मख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए । उनले भने,‘एकल अधिकारमा पाएका व्यवस्था सेट कार्यान्वयन हुन नसकेको बताउदै यी संघले दिने र प्रदेशले माग्ने कुरा होइन संविधान कार्यान्वयन गर्ने कुरा भएकोले समयमै ध्यान दिन उपप्रधान एबम् रक्षामन्त्रीको ध्यानाकर्षण गराउँदछु।’

समाजमा बीउ खाने प्रवृत्ति, बजेट खर्च गर्नका निम्ति खर्च गर्ने की परिणाम खोज्ने यसका समीक्षा गर्न आवश्यक रहेको छ शर्माले भने ‘समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरु लागिरहेका छौ ।’

संघीयताले केहीपनि भएन भन्ने एकथरी चिच्याइरहेको जनाउँदै ‘त्यसो नभई कर्णालीमा भएको परिवर्तनलाई उदाहरणको रूपमा लिनपर्छ,‘मुख्यमन्त्री शर्माले भने ‘आमजनतासँग साझेदारी नगरी सरकार अघि बढ्न नसक्ने भन्दै तादम्यता मिलाउनु पर्दछ ।

आन्तरिक उडान हुन नसकेकोमा आफू सहित कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुको प्रयासले केही दिनमा आन्तरिक हवाई सेवा निरन्तर हुने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *