काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । आज सार्वजनिक लेखा समिति बैठकमा राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधिसँग सम्बन्धित बस्तु तथा सेवा खरिद र विकास गर्ने कार्यमा भ्रष्टाचार बढेको भन्दै सम्बद्ध निकायलाई १० बुँदे निर्देशनसमेत पठाएको छ ।
गत माघ २५ गते नै अख्तियार विज्ञप्तिमार्फत सूचना प्रविधि सम्बन्धी सेवा र बस्तु खरिदमा व्यापक भ्रष्टाचार भएको देखिएको भन्दै १० वटा निर्देशन पठाएको थियो ।

Leave a Reply