मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.देव नियुक्त, पर्यटन बोर्डको सदस्य मनोनयन गर्न सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा। सतिशकुमार देवलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

डा.देव करिव एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए । उनको नियुक्ति बदरको माग गर्दै उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रिय युवा संघका उपाध्यक्ष अनिल काफ्लेले कानूनविपरीत नियुक्ति गरिएको भन्दै उनको नियुक्ति उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । त्यसपछि देवले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

चिकित्सा अध्ययन संस्थानको सह-प्राध्यापक हुँदा गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको थियो ।

उनी यसअघि २०७२ सालमा देवदह मेडिकल कलेज सम्बन्धन दिने क्रममा भ्रष्टाचारको आरोपमा मुछिएका थिए । विशेष अदालतमा परेको मुद्दामा उनीसहित १७ जनाले सफाइ पाएका थिए । उनी ६ वर्षअघि डा. उमाशंकर प्रसाद स्वास्थ्य बीमा बोर्डको अध्यक्ष रहँदा बोर्ड सदस्य रहेका थिए ।

मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा रहने रिक्त सदस्य मनोनयन गर्न सरकारसमक्ष सिफारिस गर्न समिति गठन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । ती निर्णयहरु यसप्रकार छन्-

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *