इटोनको कीर्तिमानपछि नेपालका कप्तान रोहितले भने- उसले जसरी खेलिरहेको थियो, तोडिन्छ जस्तै लाग्दै थियो

काठमाडौं। नामिबियाका जान निकोल लफ्टी इटोनले विश्व कीर्तिमानी शतक बनाएपछि नेपालका कप्तान रोहित पौडेलले उनले खेलको सुरुवातदेखि नै राम्रो छनक देखाएको बताएका छन्।

‘उसले जुन जुन सटहरू खेल्न खोजिरहेको थियो, सबैले काम गरिरहेको थियो। उसले हरेक साइडमा खेलिरहेको थियो। त्यसैले मल्लको कीर्तिमान तोडिएला जस्तो लाग्दै थियो’, नामिबियासँग २० रनले पराजित भएपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा रोहितले भने।

उनले नामिबियाका शीर्ष ६ ब्याट्सम्यानमध्ये ३र४ जना बायाँ हाते भएका कारण फास्ट बलरलाई टिम छनोटमा महत्त्व दिइएको पनि बताए।

‘मलाई लाग्छ यो निर्णय सही थियो। हामीहरूले डेथ ओभरमा धेरै रन दियौँ। एक सय ९० रनभित्र सीमित गर्न सक्नुपर्थ्यो’, रोहितले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *