काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान रोहित पौडेललाई गुमाएको छ।
रोहितले २४ बलमा ४२ रन जोडे। नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ८३ रन जोडेको छ।
आफ्नो पहिलो ओभरको तेस्रो बलमा जान निकोल लफ्टी इटनले रोहितलाई आउट गरेका थिए।
रोहित र कुशल मल्लबीच तेस्रो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो।
नेपालका कुशल भुर्तेलले खाता खोल्न सकेनन् भने आसिफ शेखले ६ रन मात्र बनाउन सके।

Leave a Reply